३० आश्विन २०८३, शुक्रबार

बीजेपी नेतालाई अनुपम खेरको चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

anupam-kherमुम्बई । देशमा बढ्दो हिन्दू र मुश्लिम असहिष्णुता मुद्दामा बलिउडका चर्चित कलाकार अनुपम खेरले कडा प्रतिक्रिया दिएका छन् ।

उनले सत्तारुढ भारतीय जनता पार्टीका नेताहरुलाई जथाभावी नबोल्न चेतावनी दिएका हुन् । नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि अहिले भारतमा असहिष्णुता बढेको भन्दै धेरै कलाकारले आफ्नो अवार्ड फिर्ता गरिरहेका छन् ।

यो कदममा बलिउड बादशाह शाहरुख खानले समर्थन जनाएपछि बीजेपीका नेताहरुले उनलाई पाकिस्तानी एजेन्ट र देशद्रोहीको आक्षेप लगाएका थिए । शाहरुखको समर्थनमा बोल्दै अनुपमले बीजेपीका केही नेता चाँहिने भन्दा धेरै बोल्न लागेकोमा आपत्ति जनाए ।

उनले बीजेपीकै कारण देशमा असहिष्णूता बढेको आरोप लगाए । उनले भने– बीजेपी नेताहरुले बकवास बयान दिनु असोभनिय छ, निन्दनीय छ ।’ यसअघि अनुपमले नेपालमा भारतले लगाएको नाकाबन्दीको विरोध गरेका थिए ।