३० आश्विन २०८३, शुक्रबार

११ कम्पनीले पाए ग्लोबल टेण्डर, को-को छन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Oil-negam

काठमाडौं, १९ कात्तिक । भारतको अघोषित नाकाबन्दीमा इन्धन आपूर्ति सहज बनाउन सरकारले आह्वान गरेको ग्लोबल टेण्डर ११ कम्पनीले पाएका छन् ।

कम्पनी छान्ने जिम्मा पाएको नेपाल आयल निगमले इन्धन आपूर्ति व्यवस्था सहज बनाउन भन्दै ११ वटा कम्पनीलाई अनुमति दिएको हो । मन्त्रिपरिषदको निर्णयअनुसार गत असोज २१ गते आयल निगमले ग्लोबल टेण्डर आह्वान गर्दै नेपालमा १५ दिनका लागि पेट्रोलियम पदार्थको आयातका लागि प्रस्ताव पेश गर्न सूचना जारी गरेको थियो ।

त्यसअनुसार निगममा २२ कम्पनीले आवेदन दिएका थिए । जसमध्ये तेल ल्याउन सक्ने आधार भएका ११ कम्पनीलाई अनुमति दिईएको निगमले जनाएको छ ।

निगमले बिराट पेट्रोलियम प्रालि, पेट्रोलिम्याक्स, ओटेक्स, शेर्पा आउटडोर, अरेन्ज ट्रेड, ओमशिव पेट्रो, साईराम सप्लायर्स, हिमानलयन ग्यास एण्ड पेट्रोलियम, ग्लोबल एलाइन्स, ल्यास वर्ल्ड ट्रेडिङ, ब्लु लोटस प्रालिलाई पेट्रोलियम पदार्थ आयात गर्न अनुमति दिएको छ ।

अनुमति पाएका कम्पनीमध्ये अधिकांशले भारतबाट इन्धन ल्याउने योजना देखाएका छन् भने केहीले बंगलादेश र चीनबाट ल्याउछु भनेका छन् । तर, सबैले इन्धनको मूल्य हाल नेपाली बजारमा रहेको भन्दा महंगो प्रस्ताव गरेको छ ।

तत्कालको संकट टार्न भन्दै आयल नियमले उनीहरुले प्रस्ताव गरेको मूल्यलाई नै स्वीकृत गरेको हो । आयल निगम स्रोतका अनुसार उनीहरुले ल्याएको इन्धन नेपाल ५० देखि १०० रुपैयाँसम्म महंगो पर्ने देखिन्छ ।