३० आश्विन २०८३, शुक्रबार

सुरुङ्गा गोल्डकपः झापा र चर्च बोइजबीच फाइनल भिडन्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ss 01लक्ष्मी काफ्ले
बिर्तामोड, १८ कात्तिक । झापामा जारी सुरुङ्गा गोल्ड कपको फाइनलमा चर्च बोइज युनाइटेड काठमाण्डौं र झापा–११ बीच भिडन्त हुने पक्का भएको छ ।

बुधबार भएको दोस्रो सेमिफाइनल खेलमा चर्च बोइजले घरेलु टोली कनकाई खेलकुद प्रतिष्ठानलाई ३–० गोल अन्तरले हराएपछि झापा र चर्च बोइज बीच फाइनल भिडन्त पक्का भएको हो । यसअघि भएको सेमिफाइनल खेलबाट झापा–११ फाइनलमा प्रवेश गरिसकेको थियो ।

बुधबारको खेलबाट चर्च बोइजलाई अन्तिम दुईमा प्रवेश गराउन हेमन्त थापा मगर, सुमन लामा  र विदेशी खेलाडी मार्टियरले गोल गरेका थिए । प्रतियोगितामा चर्च बोइजका खेलाडी सुमन लामा म्यान अफ द म्याच घोषित भए ।

मेची अञ्चलकै सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिताको विजेता टीमलाई २ लाख ५१ हजार १ सय ११ रुपैयाँ, ट्रफी र प्रमाणपत्र र उपविजेता टिमलाई १ लाख ५१ हजार १ सय ११ रुपैयाँ, ट्रफी र प्रमाणपत्र दिइने आयोजक सुरुङ्गा जेसीजले जनाएको छ । शुक्रबार हुने फाइनल खेलमा टिकट दर १ सय राखिएको र कार्यक्रम १ बजेबाट शुरु हुने सुरुङ्गा जेसीजका स्वास्थ्य संयोजक भीम भट्टराईले बताएका छन् ।