१ कार्तिक २०८३, शनिबार

विराटनगरबाट सार्वजनिक यातायातका बस सुचारु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Busविराटनगर, १८ कात्तिक । असी दिनदेखि ठप्प रहेको सार्वजनिक यातायातका बस आजदेखि सञ्चालनमा आएका छन् ।

जारी मधेस आन्दोलनमा बन्द रहेको यातायात सेवा आज बिहानदेखि विराटनगर बसपार्कबाट इटहरी हुँदै पूर्वको काँकडभिट्टा, विर्तामोड र भद्रपुरतर्फ सञ्चालन भएका छन् ।

विराटनगरको नगर क्षेत्रमा भने विद्युतीय रिक्सा, टेम्पोलगायत छोटो सार्वजनिक यातायातका गाडी लामो समयदेखि निर्वाध रुपमा गुडिरहेका छन् ।

ठूला सार्वजनिक यातायातका सवारी साधनहरु आजदेखि निर्वाध रुपमा सञ्चालनमा ल्याउनका लागि मङ्गलबार यातायात मजदुर र व्यवसायीले विराटनगरमा छलफल कार्यक्रमको आयोजना गरेका थिए ।

विभिन्न राजनीतिक दलका साथै बन्दकर्ता दलका प्रतिनिधिको उपस्थितिमा यातायात मजदुर र व्यवसायीले लामो समयको बन्दका कारण जनजीवन अस्तव्यस्त हुनुका साथै भोकभोकै बस्नुपर्ने अवस्था सिर्जना भएकाले आजदेखि बस, माइक्रोबस र टेम्पोलगायत सवारी साधन चलाउने घोषणा गरेका थिए । रासस