काठमाडौं । चर्चित कलाकार दिपकराज गिरीले नेपाल वर्तमान र विगतको परिस्थितीमा कडा व्यंग्य प्रस्तुत गरेका छन् ।
पछिल्लो समय देशको अवस्था देखेर चिन्तित बनेका कलाकार गिरीले आफ्नो भावना सामाजिक सञ्जालबाट पोख्न थालेका छन् ।
यस्तो छ उनको व्यंग्यः
उफ यो मिसावट……
१) तेलमा– तारपिन मिसाबट
२)आन्दोलनमा– भारतीयहरू मिसावट
३) कांग्रेसी प्रजातांत्रिक अभ्यासमा– भारतिय धम्की मिसावट
४) एमाले यूबा शक्तिमा– डनहरू मिसावट
५) माओबादी जनबादमा– अकुत सम्पति मिसावट
६) राप्रपा नेपालको धार्मिक अभियानमा– सत्ता लिप्सा र भाइ भारदार प्रेम मिसावट
७) बाबुरामको नयाँ शक्तिमा– बौद्धिक बिचलन मिसावट
८) राजाको राष्ट्र प्रेममा– पूराना सपना मिसावट
९) जनताको देश प्रेममा– अति राष्ट्रबाद मिसावट
१०) मेरो स्ट्याटसमा– अरूलाई गालि गरेर आफू पपुलर हुने चाहना मिसावट……… उफ यो मिसावट ।















प्रतिक्रिया