३० आश्विन २०८३, शुक्रबार

अमेरिका र दक्षिण कोरिया मिलेर उत्तर कोरियाविरुद्ध लड्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ParkGeun-Obama-Kim-Jong

सोल, १७ कात्तिक । दक्षिण कोरियाली र अमेरिकी रक्षामन्त्री उत्तर कोरियाका विरुद्धमा एक भएर अघि बढ्ने बताएका छन् । उनीहरुले यस विषयमा उत्तर कोरियाका बिरुद्ध संयुक्त कार्ययोजना ल्याउने पनि जनाएका छन् ।

सोमबार दक्षिण कोरियामा सम्पन्न दुई देशबीचको बैठकपछि उहाँहरु सो कार्यका लागि तयार हुनुभएको हो । दक्षिण कोरिया र अमेरिकाका रक्षामन्त्रीस्तरीय बैठकमा सहभागिताका लागि अमेरिकी रक्षामन्त्री अस्तोन कार्टर आइतबार दक्षिण कोरिया पुग्नुभएको हो ।

दुई दिनको भ्रमणका लागि त्यहाँ आउनुभएका कार्टर र दक्षिण कोरियाका रक्षामन्त्री हान मिन कुबीचमा सो बैठक भएको थियो ।

सो बैठकमा क्षेत्रीय शान्तिका साथै यी दुई देशबीचको सम्बन्धका बारेमा पनि छलफल भएको थियो । साथै कोरियाली प्रायद्धीपमा जारी अशान्तिको अवस्थाका बारेमा पनि सो सम्मेलनका क्रममा छलफल भएको थियो ।

सो क्षेत्रको शान्ति उत्तर कोरियाका कारण खतरामा पर्ने गरेको भन्दै उसका विरुद्धमा पनि दुवै देशले एक भएर लड्ने विषयमा सहमति भएको जानकारी गराइएको थियो । रासस/सिन्ह्वा