रसुवा, १७ कात्तिक । रसुवामा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।
रसुवाको स्याफ्रुबेसीका लागि काठमाडौंबाट छुटेको ना ३ ख ५७०६ नम्बरको यात्रु बस मंगलबार राम्चेमा दुर्घटना हुँदा एक बालकसहित १२ जनाको मृत्यु भएको हो । दुर्घटनामा परी ३१ जना यात्रु घाइते भएका छन् ।
करिब चालीस यात्रु बोकेको बस राम्चे गाविस ४ ग्राङ भन्ने ठाउँमा सडकबाट झण्डै २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी अवदेश विष्टका अनुसार दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत भइसकेको छैन् ।
घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर भएका घाइतेलाई काठमाडौं पठाइएको डीएसपी विष्टले जानकारी दिनुभयो ।















प्रतिक्रिया