१ कार्तिक २०८३, शनिबार

तीन ट्याङ्कर आज बिहानै धुन्चेबाट काठमाडौँ प्रस्थान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oil tyanker photo (1)रसुवा, १७ कात्तिक । दोस्रो चरणअन्तर्गत चीनबाट हिजो साँझ नेपाल भित्रिएको पेट्रोलियम पदार्थको ट्याङ्कर आज बिहानै काठमाडौँ पठाइएको छ ।

जिल्ला प्रहरी प्रमुख अवदेश विष्टका अनुसार पेट्रोलियम पदार्थ बोकेका तीन ट्याङ्कर आज बिहान ७ बजे नै धुन्चेबाट राजधानीको थानकोटका लागि हिँडेका हुन् ।

चिनियाँ ट्याङ्करले तेल लिएर केरुङ आइपुग्न बाँकी रहेका कारण तेल भर्न गएको एकवटा ट्याङ्कर भने टिमुरेमा रहेको र सम्भवतः आज साँझसम्ममा दोस्रो लटको बाँकी एक ट्याङ्कर तेल भर्ने अनुमान रहेको सशस्त्र प्रहरी सीमा सुरक्षा बलले जनाएको छ । रासस