झापा, १६ कात्तिक । चर्च बोइज युनाइटेड काठमाडौंले झापामा जारी सुरुङ्गा गोल्ड कपको सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको छ ।
मंगलबार भएको खेलमा चर्च बोइजले विदेशी टोली भुटान स्पोटिङ्ग क्लब, भुटानलाई २-० गोल अन्तरले हराउँदै अन्तिम चारमा आफ्नो स्थान तय गरेको हो ।
चर्च ब्वाईज युनाइटेडका लागि पासाङ लामा र सुमन लामाले १÷१ गोल गरेका थिए । पहिलो हाफको ११ औं मिनेटमा चर्च ब्वाइजका जर्सी नम्बर १५ का खेलाडी पासाङ लामाले गोल गरेका हुन् । त्यस्तै, दोस्रो हाफको ३४ औं मिनेटमा जर्सी नम्बर ९ का सुमन लामाले दोस्रो गोल गर्दै आफ्नो टीमको अग्रतालाई दोब्बर बनाएका थिए ।
प्रतियोगितामा चर्च बोइजका जर्सी नम्बर ८ का हेमन्त थापा मगर म्यान अफ द म्याच घोषित भए । मंगलबार हुने सेमिफाइनल खेलमा सरस्वती फुटबल क्लब काठमाण्डौं र झापा-११ भिड्दै छन् ।
प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः २ लाख ५१ हजार १ सय ११ रुपैयाँ र १ लाख ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने छन् ।















प्रतिक्रिया