संयुक्त राष्ट्रसंघ, १६ कात्तिक । संयुक्त राष्ट्रसंघीय महासचिव बान कि मुनले चीन, जापान र दक्षिण कोरियाको संयुक्त सम्मेलनको स्वागत गर्नुभएको छ ।
दक्षिण कोरियाको राजधानी सोलमा आइतबार सो सम्मेलन सम्पन्न भएको छ । सो सम्मेलनमा दक्षिण कोरियाली राष्ट्रपति पार्क गेइन हाइ, चिनियाँ प्रधानमन्त्री लि कचियाङ र जापानी प्रधानमन्त्री सिन्जो आबे सहभागी हुनुहुन्छ ।
सो सम्मेलनले एसियाको शान्ति र स्थायित्वका लागि एक भएर काम गर्ने भनी जारी गरेको घोषणाको उहाँले स्वागत गर्नुभएको थियो ।
महासचिव बान कि मुनका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा उत्तरपश्चिम एसियामा शान्ति स्थापना, स्थायित्व र विकासका कार्यहरुमा समन्वयका लागि सहयोगका पु¥याउने धारणा पनि राख्नुभयो ।
कोरियामा यी तीन देशको सम्मेलन आइतबार सम्पन्न भएको छ । सो सम्मेलन सन् २०१२ पछि पहिलो पटक भएको हो ।
सो सम्मेलनमा जापान र बाँकी दुई देशका बीचमा दोस्रो विश्व युद्धका क्रममा भएको भनिएको आपसी विवादका कारेमा पनि कुराकानी भएको छ ।
साथै एसियाका यी प्रमुख अर्थतन्त्रबीचको यस सम्मेलनमा आगामी दिनमा व्यापारिक साझेदारी र समन्वयका बारेमा पनि छलफल भएको थियो । रासस/सिन्ह्वा















प्रतिक्रिया