१ कार्तिक २०८३, शनिबार

होटल व्यवसायमा खेलाडी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hotel-standard-roomभीमदत्तनगर, १६ कात्तिक । एक दशकअघि तेक्वान्दोको राष्ट्रिय टिममा बसेर विभिन्न राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट खेलाडीसमेत घोषित भइसकेका कञ्चनपुरको भीमदत्तनगरका निर्मला डगौँराले आइतबारदेखि होटल व्यवसाय सुरु गर्नुभएको छ ।

उहाँले रु १० लाख लगानी गरेर कञ्चनपुरको भीमदत्तनगरपालिका–३ भाषीस्थित ब्रह्मदेवलिङ्क रोड छेउमा ‘जिउरा थारु कटेज’ सञ्चालनमा ल्याउनुभएको हो ।

“तेक्वान्दो २०५५ सालदेखि सुरु गरेकी हुँ ।” उहाँले भन्नुभयो –“खेलाडी भएर बाँच्न गाह्रो भयो, खेलकुदमा हामीलाई जागिर कसले दिने ?”
डेढ दशक तेक्वान्दोमा लगानी गर्नुभएकी डगौँराले व्यवसायबाट राम्रो आम्दानी भए खेलकुद क्षेत्रमा सहयोग गर्ने बाचा गर्नुभयो । “सानैदेखि तेक्वान्दोमा संलग्न भएँ, माया लाग्छ छोड्न्न सकिन्न ।” डगौँराले भन्नुभयो – “अहिले पनि समय निकालेर तेक्वान्दो प्रशिक्षणमा पुगेकै छु ।”

पछिल्ला वर्षहरुमा सिनियर खेलाडी भएकाले उहाँले तेक्वान्दो प्रशिक्षक मोहनप्रताव गुरुङको अधीनमा रहेर खेलाडीहरुलाई प्रशिक्षण दिइरहनुभएको छ ।

“खुट्टाको लिगामेन्टले गर्दा अहिले प्रतियोगितामा सहभागी हुन सकिरहेको छैन ।” उहाँले भन्नुभयो – “मलाई सुरुबाट परिवारको पूर्ण साथ रह्यो ।” अहिले पनि श्रीमान्ले कटेज सञ्चालनमा सहयोग गरिरहेको डगौँराको भनाइ छ ।

त्यसैगरी क टेज सञ्चालन गरेकै स्थानमा उहाँले करिब दुई बिगाहा खेतमा माछापालन व्यवसायसमेत गर्नुभएको छ । दुई वर्षअघिदेखि माछापालन थालेको बताउँदै डगौँराले माछा व्यवसाय पनि राम्रै भइरहेको जानकारी दिनुभयो । रासस