३० आश्विन २०८३, शुक्रबार

२२४ जना बोकेर दुर्घटनामा परेको रसियाली विमानको ‘ब्लाकबक्स’ भेटियो, विश्व समुदायबाट दुःख व्यक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

russiyan-airbus

बेइजिङ (चीन), १५ कात्तिक । अन्तर्राष्ट्रिय समुदायबाट इजिप्टमा भएको रसियाको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

रसियाली विमान ए–३२१ इजिप्टको सामएल सेखबाट चालक दलका सात सदस्य र २१७ यात्रु लिएर रसिया जाने क्रममा इजिप्टको सिनाइ टापुमा दुर्घटनाग्रस्त भएको थियो ।

चीनका राष्ट्रपति सि जिनपिङले उहाँका रसियाली समकक्षी भ्लादिमिर पुटिनलाई एक समवेदना सन्देश पठाउँदै सम्पूर्ण मृतक परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।

समवेदना सन्देशमा राष्ट्रपति सिले चीन र चिनियाँ जनताको तर्फबाट मृतक परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै यस शोकको दुःखद घडीमा मृतक परिवारजनले धैर्य धारण गरी अघि बढ्न अनुरोध गर्नुभएको छ ।

russiyan-airbus-1यसैगरी अमेरिकी विदेशमन्त्री जोन केरीले दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले शनिबार एक वक्तव्य जारी गर्दै रसियाली विमान दुर्घटनाप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

विदेशमन्त्री केरीले विमान दुर्घटनाका कारण निधन भएका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै आफ्ना रसियाली समकक्षीसँग कुरकानीसमेत गर्नुभएको छ । कुराकानीका अवसरमा उहाँले अमेरिका विमान दुर्घटनाका कारण आएको परिस्थितिलाई सघाउन आवश्यक परेमा अमेरिकी सहयोगसमेत उपलब्ध गराउने जनाउनुभएको बताइएको छ ।

यसैगरी युरोपियन कमिसनका प्रमुख जाँ क्लाउड जङ्कर, क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलगायतका विभिन्न देशका राष्ट्र प्रमुख, सरकार प्रमुखले समेत समवेदना व्यक्त गरेका छन् ।

इजिप्टको सराम अल सेख विमानस्थलबाट उडेको सो विमान रसिया जाँदै गरेको र विमानमा प्रायः जसो रसियाली नागरिक नै रहेका जनाइएको छ ।

रसियाको सेन्ट पिटसबर्गका लागि सो विमान उडेको र २३ मिनेटपछि सम्पर्क विच्छेद भएको थियो । रसियाली विमान सेवा कोगालिमावियाको ए ३२१ नम्बरको सो एयर बस स्थानीय समयअनुसार शनिबार बिहान ५.५१ बजे उडेको थियो ।

russiyan-airbus-2इजिप्टमा आतङ्ककारी गतिविधि सञ्चालन गर्दै आएको इजिप्टको इश्लामिक स्टेट समूहले जहाज दुर्घटना गराउनमा आफ्नो हात रहेको शनिबार बताएको थियो । आइएस समूहले विमान आफ्नो योजनाअनुसार दुर्घटना गराएको र यसमा कोही जीवित नरहेकोे ट्वीट गरी जनाएको थियो ।

तर रसिया र इजिप्टका अधिकारीहरुले यसको खण्डन गरेका छन् । विमान दुर्घटनामा कुनै समुहको हात नभै यो विमानमा एक्कासी देखिएको प्राविधिक गढबढीका कारण भएको रसियाले जनाएको छ ।

यसैबीच विमान उद्दार कार्यमा संलग्न अधिकारीले विमान दुर्घटनाका बारेमा अनुसन्धान गर्न सहयोगी मानिने ‘ब्लाकबक्स’ फेला परेको जनाएका छन् । रासस/सिन्ह्वा/एपी