१ कार्तिक २०८३, शनिबार

पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर काठमाडौँ प्रस्थान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rasuwagadi-Kerung-Naka (3)धुन्चे (रसुवा), १६ कात्तिक । चीनको केरुङबाट पेट्रोलियम पदार्थ बोकी आएका ट्याङ्करहरु आज बिहान ९ः३० बजे धुन्चेबाट काठमाडौँका लागि प्रस्थान गरेका छन् ।

जिल्ला प्रहरी प्रमुख अवदेश विष्टका अनुसार १२ वटा ते बोकेका ट्याङ्कर काठमाडौँका लागि प्रस्थान गरेको र चारवटा ट्याङ्कर तेल भर्नका लागि रसुवागढी नाकाबाट केरुङ गइसकेका छन् ।

पहिलो चरणमा धुन्चेबाट १२ वटा ट्याङ्करमा एक लाख ११ हजार ५०० लिटर पेट्रोलियम पदार्थ काठमाडौँ गएको बताइएको छ ।

ती सबै ट्याङ्कर आज साँझ ५ बजेभित्र राजधानीको थानकोटस्थित केन्द्रीय भण्डारणमा पु¥याइने एक नम्बर ट्याङ्करका चालक विवेक लामाले जानकारी दिनुभयो ।

केरुङबाट तेल भरी धुन्चे आइपुगेका १२ वटा ट्याङ्करका चालकलाई धुन्चेमा रसुवाका सञ्चारकर्मीले खादा लगाई भव्य स्वागत गरेका थिए । रासस