२९ आश्विन २०८३, बिहिबार

माधव नेपाल भन्छन्- ‘म थप उत्साहित छु’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madhav-Nepal

काठमाडौँ, १५ असार । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी र राष्ट्रको हितलाई ध्यान राखी प्रतिनिधिले विवेक प्रयोग गरेर मतदान गर्नुपर्ने बताउनुभएको छ ।

एमालेको नवौँ राष्ट्रिय महाधिवेशनका अवसरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले महाधिवेशनबाट चयन हुने नेतृत्व पार्टी र मुलुकको भविष्यसँग जोडिएको हुनाले प्रतिनिधिले विवेक पु¥याएर मतदान गर्नुपर्नेमा जोड दिनुभयो । महाधिवेशनमा अध्यक्षका उम्मेदवारसमेत रहनुभएका नेता नेपालले भन्नुभयो, “महाधिवेशन प्रतिनिधिको निकै राम्रो सद्भाव र समर्थन हामीमा रहेको छ, आफ्नो विचार मान्ने प्रतिनिधिको उत्साहजनक सहभागिता भएकाले थप उत्साह थपिएको छ ।”

उहाँले नयाँ पुस्तालाई लिएर अगाडि बढ्न पाउँदा आफूलाई गौरव अनुभव भइरहेको र पुराना पुस्ताका सिद्धिलाल सिंहको समर्थन पनि आफूमा पाइएकामा सन्तोष व्यक्त गर्नुभयो ।

उहाँले सातौँ अधिवेशनमा आफ्नो नेतृत्वमा गणतन्त्रमा जाने पार्टीका निर्णयले मुलुकलाई नै ठूलो परिवर्तनतिर उन्मुख गराएको बताउँदै नवौँ अधिवेशनले जनताको बहुदलीय जनवाद (जबज) लाई अझ व्यवस्थित र समृद्ध पार्ने छ भन्नुभयो ।

पूर्वप्रधानमन्त्री समेत भइसक्नुभएका वरिष्ठ नेता नेपालले भन्नुभयो, “ महाधिवेशनमा सत्ता र पदको दुरुपयोग हुन सक्छ, एमाले कार्यकर्ता पद, लोभ र चालचामा फस्दैनन्, आफूलाई असुरक्षित महसुस नगर्नुस्, हामी छौँ । ”

उहाँले महाधिवेशनबाट शारीरिक र मानसिक हिसाबले पार्टी र राष्ट्रलाई हाँक्न सक्ने नेतृत्व जरुरी भएको र करिब ७० वर्षसम्म उमेरको हदबन्दी राखेर नेतृत्व गर्दा राम्रो हुने छलफल आइरहेको छ भन्नुभयो ।

नेता नेपालले महाधिवेशनलाई ऐतिहासिक बनाउन सकेसम्म व्यवस्थित ढङ्गले लाग्नुपर्नेमा जोड दिँदै नयाँ नेतृत्व चयन गर्दा पार्टीको नीतिलाई पूरा गर्न सक्ने नेतृत्व आवश्यक भएको बताउनुभयो ।