काठमाडौं । नेपालकी नम्बर वान नायिका रेखा थापाको डेटिङ सार्वजनिक हुने भएको छ । आगामी मंसिर ११ गते उनको पोखरामा चलिरहेको डेटिङ सार्वजनिक हुन् लागेको हो ।
निर्देशक शोभित बस्नेतद्धारा निर्माण गरिएको फिल्म ‘जाउँ हिँड पोखरा’मा रेखा डेटिङका लागि पोखरा पुगेकी छिन् । उनी चर्चित नायक जीवन लुइटेलको डेटिङमा पोखरा गएको निर्देशक बस्नेतले बताए ।
मंसिर ११ गते प्रदर्शनमा आउने फिल्ममा आम दर्शकले जीवनसँग रेखाको पोखरा डेटिङ प्रत्यक्ष हेर्न पाउने भएका हुन् । आइतबार पत्रकार सम्मेलन गर्दै निर्देशक बस्नेतले अचानक मंसिर ११ गते फिल्म रिलिजको घोषणा गरेका हुन् ।

सोही दिन ‘कबड्डी कबड्डी’ फिल्म पनि प्रदर्शनमा आउँदैछ । यता शोभितले आफ्नो फिल्मले दर्शक तान्ने दाबी गरे । आफ्नो फिल्मले दर्शकको मन जित्ने र त्यसलाई अरु कुनै फिल्म वा अन्य चीजले असर नगर्ने निर्देशक बस्नेतको भनाई छ ।
जीवन लुईटेल र रेखा थापा स्टारर फिल्म विगत लामो समयदेखि चर्चामा थियो ।















प्रतिक्रिया