३० आश्विन २०८३, शुक्रबार

नाकाबन्दीले विरोध भएपछि नरेन्द्र मोदी भविष्य बुझ्न ज्योषिको शरणमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Narendra Modiनयाँदिल्ली, १६ कात्तिक । बिहारका मुख्यमन्त्री नीतीश कुमारको तान्त्रिकसम्बन्धी भिडियोलाई लिएर विभिन्न खालका टिकाटिप्पणी गरेर आलोचित बनेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीपनि हात हेराउन ज्योतिषको शरणमा पुगेको रहस्य खुलेको छ ।

प्रधानमन्त्री मोदीले भारतका प्रसिद्घ ज्योतिषाचार्य बेजन दारूवालासँग हात देखाइ आफ्नो भविष्यबारेमा जानकारी लिएको समाचारमा जनाइएको छ । यस विषयमा ज्योतिषाचार्य बेजन दारुवालाले पनि पुष्टि गरेका छन् ।

मधेसी दलहरूको आडमा नेपालमा नाकाबन्दी लगाएर नेपाली जनतालाई मोदीले दुःख दिइरहेका छन् । मोदीको विवादास्पद गतिविधिका कारण नेपालमा मात्रै होइन भारतमा समेत विरोध हुँदै आएको छ ।

चौतर्फी विरोध हुन थालेपछि आफ्नो भविष्यलाई लिएर मोदी ज्योषिको शरणमा पुगेको भारतीय सञ्चारमाध्यमहरूले समाचार लेखेका छन् ।

बेजन दारूवालाले पनि प्रधानमन्त्री मोदीको हात हेर्दै गरेको तस्बिर सार्वजनिक गरेका छन् । तस्बिरमा भारतीय प्रधानमन्त्री मोदीले दारूवालालाई आफ्नो हात देखाएका छन् ।

बेजन दारूवालाले हिजो आइतबार भारतको इन्दौरमा एक कार्यक्रममा मोदीको हात देखाएको तस्बिर जारी गरेको समचारमा जनाइएको छ ।