काठमाडौं, १५ कात्तिक । राष्ट्रिय स्तरको रिलायबल डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकहरुको सहजतालाई ध्यानमा राखी बिभिन्न मूल्य अभिवृद्धि सेवाहरु दिदै आएको र हालै यस बैंकले विदेशी मुद्रा सटही र बिदेशी मुद्रा खाता संचालन समेत गर्दै आएको जनाएको छ ।
बैंकले प्रदान गरेका विदेशी मुद्रा सम्बन्धि विविध सेवाहरु विभिन्न कार्यको सिलसिलामा विदेश जाने र विदेशबाट फर्कने व्यक्ति तथा व्यवसायीहरुका लागि उपयोगी हुने बैंकले जनाएको छ ।
बैंकका १६ शाखाहरु मध्ये हाल बिदेशी मुद्रा कारोबार ज्ञानेश्वर, सुन्धारा, गंगबु र ठमेलबाट उपलब्ध हुदै आएका छन् । बैंकले विभिन्न बिदेशी मुद्राहरु प्रतिस्पर्धी दर र सहज रुपमा खरिद-बिक्रि गर्ने तथा विदेशी मुद्रा खाता खोल्ने सेवा प्रदान गर्ने जनाएको छ ।
यसका साथै बैंकले एटिएम, मोबाइल बैंकिंग, इ–बैंकिंग, चेक क्लियरिंग, लकर, रिलायबल क्यास म्यानेजमेन्ट, रेमिटेन्स जस्ता सेवाहरु समेत प्रदान गर्दै आएको छ ।















प्रतिक्रिया