काठमाडौं, १५ कात्तिक । स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा गएराति भएका खेलमा शीर्ष दुई क्लब रियल मड्रिड र बार्सिलोना विजयी भएका छन् ।
शनिबार राति भएको खेलमा रियल मड्रिडले लस पल्मासलाई ३-१ ले हरायो भने अर्को खेलमा बार्सिलोनाले भने गेटाफेलाई २-० ले पराजित गर्यो ।
पहिलो गोल ४ मिनेटमा गरेको रियल मड्रिडका लागि खेलको १४ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले दोस्रो गोल गरेका थिए । ३८ औं मिनेटमा पल्मासले एक गोल फर्कायो । तर, ४३ औं मिनेटमा जोसे गोल गर्दै पहिलो हाफमा रियल मड्रिडलाई ३–१ को अग्रता दिलाए । दोस्रो हाफमा दुबै टोलीबाट गोल हुन नसकेपछि रियल विजयी भयो ।
यस्तै, अर्काे खेलमा बार्सिलोनाले भने गेटाफेलाई २–० ले पराजित गरी रियल मड्रिडसँग अंक बराबरी गर्न सफल भयो । बार्सिलोनाका लागि ३७ औं मिनेटमा लुइस स्वरेजको पहिलो गोल गरेका थिए । खेलको ५८ औं मिनेटमा अर्का स्ट्राइकर नेयमारले गोल गर्दै अग्रता दोब्बर पारे । खेलमा थप गोल हुन नसकेपछि बार्सिलोना विजयी भयो ।
जितपछि रियल मड्रिड र बार्सिलोनाको समान १० खेलबाट २४ अंक छ । गोल अन्तरका आधारमा रियल मड्रिड शीर्ष स्थानमा छ भने बार्सिलोना दोस्रो स्थानमा छ ।
















प्रतिक्रिया