३० आश्विन २०८३, शुक्रबार

नाइट क्लबमा आगलागी, २७ जनाको मृत्यु, १८० घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Night-clubबुखारेष्ट, १४ कात्तिक । रोमानियाको बुखारेष्टमा अवस्थित एक रात्रि क्लबमा भएको आगलागीमा परी मारिनेको सङ्ख्या कम्तीमा पनि २७ पुगेको बताइएको छ ।

गएराति खचाखच भरिएको एक रात्रि क्लबमा अकस्मात आगलागी भएको थियो । अधिकारीहरुले त्यसमा परेर मारिने व्यक्तिको सङ्ख्या २७ पुगेको बताएका छन् । सो क्लबमा शुक्रबार राति आगलागी भएको थियो । आगलागीमा परी १८० जनाभन्दा धेरै घाइते भएका छन् ।

घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको छ । जसका रकाण मृत्यु हुने व्यक्तिको सङ्ख्यामा पनि बृद्धि हुन सक्नेछ । रोमानियाको गृह मन्त्रालयले दिएको जानकारीअनुसार घाइतेहरलाई नजिकैका अस्पतालहरुमा भर्ना गरिएको छ ।

शुक्रबार राति एक नयाँ गिती एल्बम बिमोचन गर्ने कार्यक्रम रहेकोले सो कार्यक्रममा खचाखच मात्रामा सहभागी रहेका थिए । कतिपयले सो आगलागी अगाडि एक विस्फोट पनि भएको बताएका छन् । तर उद्वारको कार्यमा खटिरहेको प्रहरीले भने त्यस्तो विस्फोट नदेखिएको बताएको छ ।

प्रहरीले आफ्नै कारणले रात्रि क्लबमा आगलागी मात्र भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको बताएको छ । उक्त एल्बम एक लोकप्रिय ब्यान्डको रहेकोले सो समयमा उक्त क्लबमा ३०० देखि ४०० जनासम्मको उपस्थिति रहेको बताइएको छ ।

ती मध्ये केही व्यक्तिमात्र भाग्न सफल भएका थिए । क्लबमा नाचगान चलिरहेका बेला अकस्मात आगलागी सुरु भएको थियो । रासस/एपी