११ मंसिर २०८३, शुक्रबार

पूर्वमुख्यसचिव अर्याललाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्वमुख्यसचिव एकनारायण अर्याललाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । शुक्रबार अदालतमा पेश गरिएका अर्याललाई चार दिन थुनामा राखेर थप अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको हो ।

अर्याललाई सरकारी वकिलको कार्यालयमा लगिएको थियो । त्यसपछि प्रहरीले म्याद थपका लागि अदालतमा पेश गरेको थियो ।

मलेसियाको वैदेशिक रोजगारीको बायोमेडिकल सेवा शुल्क असुलीसम्बन्धी अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अर्यालमाथि अनुसन्धान गरिरहेको छ ।

भारतमा पक्राउ परेका अर्याललाई प्रहरीले बिहीबार काठमाडौं ल्याएको थियो । उक्त प्रकरणमा प्रहरीले दुई पूर्वमन्त्रीसहित १० जना पक्राउ गरिसकेको छ ।

((