काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (मंगलबार) बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालयका अनुसार बैठक दिउँसो १ः०० बजे बीपी स्मृति भवन, सानेपा, ललितपुरमा बस्नेछ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशनसहित अनुरोध गरिएको छ ।
केन्द्रीय कार्यालयले जारी गरेको सूचनामा बैठकका विस्तृत एजेन्डाहरू भने खुलाइएको छैन । यद्यपि, पार्टीको १५ औं महाधिवेशनपछिका सांगठनिक गतिविधि, मंसिरभित्रै सम्पन्न गर्ने भनिएका जिल्ला तथा प्रदेश अधिवेशनको कार्यतालिका, देशव्यापी जनसम्पर्क तथा नीति प्रचार अभियान र समसामयिक राजनीतिक विषयहरूमा छलफल हुनसक्ने सन्दर्भमा यो बैठकलाई चासोका साथ हेरिएको छ ।











प्रतिक्रिया