काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबीच भेटवार्ता भएको छ ।
नयाँ दिल्लीमा मंगलबार आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठककाबीच उनीहरु बीच भेटवार्ता भएको हो ।
भेटवार्तामा द्विपक्षीय सुरक्षा सहकार्य सुदृढ गर्ने, सीमा व्यवस्थापनमा समन्वय बढाउने, अन्तरदेशीय अपराध नियन्त्रण गर्ने तथा विपद् पूर्वतयारी र प्रतिकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।
भेटका क्रममा गृहमन्त्री गुरुङले नेपालमा हालै आएको बाढी तथा पहिरोपछि भारतले समयमै उपलब्ध गराएको सहयोगप्रति धन्यवाद व्यक्त गरेको दूतावासले जनाएको छ ।
उनले सार्वभौम समानता, पारस्परिक सम्मान र विश्वासका आधारमा दुवै देशका जनताको पारस्परिक हितका लागि व्यावहारिक सहकार्यलाई थप अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।











प्रतिक्रिया