२८ आश्विन २०८३, बुधबार

नेपाल टेलिकमले ल्यायो ‘अटम अफर’, ३५ रुपैयाँदेखि भ्वाइस प्याक

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल टेलिकमले अटम अफर २०८३ अन्तर्गत विभिन्न आकर्षक प्याक तथा सुविधाहरु उपलब्ध गराएको छ । यसअन्तर्गत कम्पनीले विभिन्न सुविधा सहितका नयाँ भ्वाइस तथा डाटा प्याकेजहरु सञ्चालनमा ल्याएको हो ।

कम्पनीका प्रवक्ता डा. कमल लामिछानेका अनुसार टेलिकमका विभिन्न डाटा तथा कम्बो प्याकेजहरुलाई थप आकर्षक बनाइएको छ । अल नेट भ्वाइस प्याकअन्तर्गत ३५ रुपैयाँ, ४९ रुपैयाँ, ९८ रुपैयाँ, १८९ रुपैयाँ र २९९ रुपैयाँमा १०१, १११, २२२, ३३३ र ६६६ मिनेटका प्याक उपलब्ध हुनेछन् । यी प्याकहरुको समयावधि क्रमशः १, ३, ७, ३० र ३० दिन हुनेछ । सजिलो अनलिमिटेडअन्तर्गत ६९९ रुपैयाँमा ३० दिन समयावधि भएको प्याकमा अनलिमिटेड अल नेट भ्वाइस, ३० जीबी डाटा र २०० अल नेट एसएमएस प्रयोग गर्न सकिनेछ ।

त्यसैगरी १,४९९ रुपैयाँमा ३० दिन समयावधि भएको प्याकमा अनलिमिटेड अल नेट भ्वाइस, ६०० जीबी डाटा र ३५० अल नेट एसएमएस प्रयोग गर्न सकिनेछ ।

पोस्टपेड प्रयोगकर्ताहरुले ३७३ रुपैयाँ रेन्टल चार्जमै उपलब्ध हुने विभिन्न प्रकारका भ्वाइस र डाटा प्याकका साथै अन्य विभिन्न प्रकारका कम्बो प्याक प्रयोग गर्न सक्नेछन् । भ्वाइस र डाटा प्याकेजमा अन्य विभिन्न आकर्षक प्याकेजहरु समेत उपलब्ध रहेका छन् ।

त्यसैगरी, बन्डल्ड प्याक, एड अन प्याकेज, सीयूजी प्याकेज, एसएमएस प्याक, एफटीटीएच प्याक लगायत समेत उपलब्ध छ । फरक क्षमता भएका व्यक्तिहरुका लागि समेत छुट्टै प्याकेज उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

अटम अफर सोमबारदेखि लागू भएको छ । ग्राहकले आफ्नो मोबाइलबाट *१४१५# डायल गरेर तथा ‘नेपाल टेलिकम’ एपको प्रयोगबाट विभिन्न प्याकेजहरुसम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सक्नेछन् ।