२८ आश्विन २०८३, बुधबार

आरोपबारे खगेन्द्र सुनार– एआई प्रयोग गरेर बनाइएका प्रचार हो, छानबिनलाई सघाउन तयार छु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफूविरुद्ध सार्वजनिक भएका आरोपहरू झुटा भएको दाबी गरेका छन् ।

मंगलबार फेसबुकमार्फत एक भिडियो जारी गर्दै उनले आफूविरुद्ध नियोजित रूपमा चरित्रहत्या गर्ने षड्यन्त्र भइरहेको दाबी गरेका हुन् ।

सुनारले प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि आफूविरुद्ध निरन्तर प्रहार भइरहेको आरोप लगाए ।

‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न गरेदेखि ममाथि निरन्तर प्रहार भइरहेको छ । विभिन्न आरोप प्रत्यारोपको सिकार भइरहेको छु । हिजोदेखि मेरो हो भनेर कोही काल्पनिक महिलासँगको अडियो सार्वजनिक गरिएको छ । आजसम्म सार्वजनिक भएका सबै आरोपहरू झुटो हुन् ।’ उनले भनेका छन्, ‘एआई लगायत प्रविधिका प्रयोग गरेर बनाइएका प्रचारहरू हुन् । तसर्थ ममाथि उठेका प्रत्येक प्रश्नको, आरोपको सत्यतथ्य छानबिन गर्न पार्टी र सरकारलाई म हार्दिक अपिल गर्न चाहन्छु । तर भ्रष्टाचारविरुद्ध प्रश्न गर्दैगर्दा एक नागरिकमाथि गरिएको निर्मम अत्याचार, घृणाको कठघरामा उभिएर म जवाफ दिन तयार छु । यस्ता खालका भ्रममा नपर्न म आम नागरिकहरूलाई अपिल गर्न चाहन्छु ।’

उनले आफूमाथि हुने छानबिनको लागि सबैलाई सघाउन तयार रहेको समेत बताएका छन् ।