२८ आश्विन २०८३, बुधबार

राजीनामा दिएर निष्पक्ष छानबिनमा सहयोग गर्न खगेन्द्रलाई सुधनको सुझाव

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । श्रम संस्कृति पार्टीका नेता सुधन किरातीले रास्वपा सांसद् खगेन्द्र सुनारलाई राजीनामा दिएर निष्पक्ष छानबिनमा सहयोग गर्न सुझाव दिएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै सुधनले खगेन्द्रलाई राजीनामा दिएर निष्पक्ष छानबिनमा सहयोग गर्न सुझाव दिएका हुन् ।

‘सांसद् पद एउटा ओहोदा वा सत्ताको साधन मात्र होइन, नागरिकप्रतिको भरोसा र सार्वजनिक नैतिकताको एक सर्वोच्च मानक पनि हो । ​अनुहार अर्थात् पात्र फेरिँदैमा समाज बदलिँदैन, जबसम्म सोच र प्रवृत्ति बदलिँदैन । उत्पीडन, मुक्ति र नैतिकताको एजेन्डा बोकेर आएका व्यक्तिमाथि नै जब गम्भीर उत्पीडन र अनैतिकताको आरोप र प्रश्न उठी सक्यो । अब मार्गप्रशस्त गरेर नयाँ राजनीतिक संस्कारको उदाहरण बन्न र सांसद जस्तो गरिमामय पदको मर्यादा जोगाउन आफूमाथि उठेका प्रश्नको निरूपणका लागि तत्काल पदबाट राजीनामा दिई निष्पक्ष छानबिनमा सहयोग गर्नुहोस् ।’ सुधनले फेसबुकमा लेखेका छन्, ‘नैतिक धरातल बलियो नभई न त उत्पीडनको मुक्ति सम्भव छ, न त जनताले नयाँ भनेर विश्वास नै गर्न सक्छन् । जो रास्वपाको विचार !’

यो पनि

रास्वपा सांसद खगेन्द्र सुनारको आपत्तिजनक अडिओ बाहिरियो : पूर्वमन्त्री कांग्रेस नेतृलाई ज्यान मार्ने धम्की, अश्लील गालीगलौज

रास्वपाद्वारा खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक कार्यक्रममा सहभागी नहुन निर्देशन