२८ आश्विन २०८३, बुधबार

घटस्थापनाको दिन एमएडब्ल्यू अर्थमुभर्सद्वारा २७ बढी जेसीबी मेसिन हस्तान्तरण

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा जेसीबीको आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले बडादशैंको पहिलो दिन घटस्थापनाको अवसरमा देशभरका १२ शाखाबाट २७ भन्दा बढी जेसीबी मेसिन ग्राहकहरूलाई हस्तान्तरण गरेको छ । कम्पनीले यो कार्यक्रम ‘जेसीबी शुभारम्भ’ नाममा आयोजना गरेको हो ।

हस्तान्तरण समारोह घटस्थापनाको परम्पराअनुसार सम्पन्न गरिएको थियो । प्रत्येक मेसिनको विधिवत् पूजा गरी टीका र माला अर्पण गरिएपछि ग्राहकका परिवारजन तथा एमएडब्ल्यू अर्थमुभर्सका प्रतिनिधिहरूको उपस्थितिमा ग्राहकलाई चाबी हस्तान्तरण गरिएको थियो ।

समारोहको अन्त्यमा केक काटी मिठाई वितरण गरिएको थियो, र ग्राहकहरूले आफ्नो नयाँ मेसिन सञ्चालन गर्दै शाखा परिसरबाट प्रस्थान गरेका थिए । हस्तान्तरण गरिएका मेसिनमा जेसीबी ३डीएक्स ब्याकहो लोडर, एक्साभेटर, एग्रीम्याक्स लगायतका मोडेल रहेका छन् ।

कार्यक्रममा एमएडब्ल्यू अर्थमुभर्स प्रालिका प्रमुख सञ्चालन अधिकृत (सीओओ) दुर्गाप्रसाद निरौलाले भने, “घटस्थापनाको दिन हामी सबै शुभ काम सुरु गर्छौँ । २७ भन्दा बढी ग्राहकले नयाँ जेसीबीसँग आफ्नो व्यवसायको नयाँ सुरुवात गर्नुभएको छ । हाम्रो लागि यो केवल मेसिन हस्तान्तरण होइन, २७ भन्दा बढी परिवार र व्यवसायको शुभारम्भ हो । हामीमाथि भरोसा गर्नुहुने सबै ग्राहकप्रति हामी आभारी छौँ ।”

हस्तान्तरण गरिएका मेसिनहरू विभिन्न जिल्लामा पूर्वाधार विकास, सडक निर्माण, कृषि लगायत देशको आर्थिक विकासमा योगदान पुर्‍याउने क्षेत्रमा परिचालन हुनेछन् ।