काठमाडौं । बुढानीलकण्ठस्थित बालउद्धार माविका प्रधानाध्यापक कुटपिट प्रकरणमा दुई जना पक्राउ परेका छन् ।
प्रधानाध्यापक विनोद पण्डित आफ्नो विद्यालयको प्राङ्गणमा पिटिएका थिए ।
भर्नासम्बन्धी विवादलाई लिएर उनीमाथि हातपात गर्ने स्थानीय युवालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
स्थानीय निशान दाहाल र विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष ध्रुव घिमिरेलाई आइतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।
भर्नासम्बन्धि विवादमा पण्डितले म्याद सकिएको जवाफ दिएपछि विवाद भएको भनिएको थियो । सोही विवादलाई लिएर कुटपिट गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
सार्वजनिक भएको भिडिओ फुटेजमा प्रधानाध्यापक पण्डितसँग एक युवकले विवाद गरिरहेको देखिन्छ । कुरा नमिलेपछि युवकले प्रधानाध्यापकलाई मुक्का र लात्तिले प्रहार गरेका छन् ।
शिक्षा तथा खेलकुद मन्त्रालयले गृह मन्त्रालयसँगको समन्वयमा उनीहरूमाथी कारबाही प्रक्रिया अघि बढाएको हो । शैक्षिक संस्थामा हुने यस्ता गतिविधि कुनै पनि हालतमा सह्य नहुने मन्त्रालयले जनाएको छ ।











प्रतिक्रिया