२८ आश्विन २०८३, बुधबार

निफ्राको आठौं वार्षिक साधारणसभा सम्पन्न, ५.२६ प्रतिशत नगद लाभांश पारित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को आठौं वार्षिक साधारणसभा शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष महेशप्रसाद दाहालको अध्यक्षतामा सम्पन्न सभामा बैंक सञ्चालक समितिका सदस्यहरु बन्धुप्रसाद बाँस्तोला,सुरेन्द्रराज रेग्मी, दीपककुमार अग्रवाल, विशाल उप्रेती, डा. मनिष थापा र अनिता रायमाझी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी लगायत शेयरधनीहरु तथा सम्बन्धित पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

सभालाई सम्बोधन गर्दै बैंक सञ्चालक समितिका अध्यक्ष दाहालले बैंकले समीक्षा अवधिसम्म हासिल गरेका उपलब्धिहरु, चालु आर्थिक वर्षको लागि तय गरिएका योजना तथा लक्ष्यहरु एवं भावी रणनीति बारे शेयरधनीहरुलाई जानकारी गराएका थिए ।

सभाले बैंकको चुक्ता पूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश लगायत सभामा प्रस्तुत प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ ।

सभामा शेयरधनीहरुले बैंकको व्यवसायिक गतिविधिमा केन्द्रित भई लगानीकर्ताको प्रतिफललाई बढोत्तरी गर्ने लगायत आगामी दिनहरुमा बैंकभित्र संस्थागत सुशासन, पारदर्शिता तथा व्यावसायिक दक्षता अभिवृद्धि गर्दै बैंकलाई सबल वित्तीय संस्थाको रुपमा स्थापित गर्दै लैजानुपर्नेमा सुझाव दिएका थिए ।