१२ मंसिर २०८३, शनिबार

रिहा भए कक्रोच जनता पार्टीका शीर्ष नेता दीपके, सौरभ र आशुतोष

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतको कक्रोच जनता पार्टी (सीजेपी)का शीर्ष नेताहरू अभिजीत दीपके, सौरभ दास र आशुतोष रांका रिहा भएका छन् ।

हिजो शनिबार बिहान दिल्ली विमानस्थलबाट पक्राउ परेका उनीहरु आइतबार बिहान १० बजे रिहा भएका हुन् ।

दिल्ली क्यान्टस्थित मजिस्ट्रेट अदालतले तीनै जनालाई रिहा गर्न आदेश दिएको हो ।

दिल्ली प्रहरीका अनुसार, तीनै जनाले एक वर्षसम्म शान्ति कायम राख्ने र असल आचरण प्रदर्शन गर्ने प्रतिबद्धतासहित ५० हजार रुपैयाँ धरौटी पनि बुझाएका छन् ।

सीजेपीले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै मतदाता नामावलीको विशेष गहन पुनरीक्षण (एसआईआर) स्थगित गर्न माग गर्दै जन्तर–मन्तरमा विरोध प्रदर्शन गर्नुअघि शनिबार दिल्ली विमानस्थलमा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

यसैबीच, सीजेपीले आज आइतबार पनि मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै जन्तर–मन्तरमा विरोध प्रदर्शन गर्ने जनाएको छ ।

हिजो शनिबार दिल्ली प्रहरीले व्यापक धरपकड गर्दै सडकमै हजारौं समर्थकहरूलाई रोकेको थियो । त्यसक्रममा ७ हजार समर्थकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।