२८ आश्विन २०८३, बुधबार

दिल्ली आन्दोलनमा सहभागी हुन जर्मनीबाट आएका युट्युबर ध्रुव राठी रिहा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतको प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध ककरोच जनता पार्टी (सीजेपी)ले गरेको विरोध प्रदर्शनलाई समर्थन गर्न जर्मनीबाट दिल्ली आएका युट्युबर ध्रुव राठी रिहा भएका छन् ।

उनलाई आज बिहान रिहा गर्नुअघि दिल्ली प्रहरीले जन्तर–मन्तर जाने प्रयास गरे फेरि नियन्त्रणमा लिइने चेतावनी दिएको छ ।

हरियाणामा जन्मिएर हुर्केका राठी उच्च शिक्षाका लागि जर्मनी गएका थिए । इन्जिनियरिङको अध्ययन गर्ने क्रममा उनी युट्युबका लागि सामग्री निर्माणतर्फ आकर्षित हुँदै युट्युबर बनेका थिए ।

राठी भाजपा र नरेन्द्र मोदी सरकारको आलोचकका रूपमा चिनिन्छन् ।

राठी सीजेपीको स्थापनाकालदेखि नै त्यसको समर्थनमा देखिएका छन् । सीजेपीका संस्थापक अभिजीत दीपके र सौरभ दाससँग उनको घनिष्ठ मित्रता छ ।

गत बिहीबार बेंगलुरुमा आयोजित सीजेपीको विरोध प्रदर्शनअघि राठी भारत फर्किएका हुन् ।

बेंगलुरुमै उनले शनिबार दिल्लीको विरोध प्रदर्शनमा आफू पनि सहभागी हुने घोषणा गरेका थिए ।

शुक्रबार साँझ उनले इन्डिया गेटको भ्रमण गरे, भिडियो रेकर्ड गरे र मोदी सरकारलाई चुनौती दिएका थिए ।

तर, शनिबार बिहान उनलाई गुरुग्रामस्थित घरैबाट प्रहरीले पक्राउ गरेको थियो ।