२८ आश्विन २०८३, बुधबार

दिल्ली आन्दोलन : सीजेपीको प्रदर्शन आज पनि जारी रहने, दीपकेसहित तीन नेतालाई तत्काल रिहा गर्न माग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै ककरोच जनता पार्टी (सीजेपी)ले आज (आइतबार) दिल्लीको जन्तर–मन्तरमा जुलुस निकाल्न आह्वान गरेको छ ।

सीजेपीले लगातार दोस्रो दिन प्रदर्शन गर्न लागेको हो ।

हिजो शनिबार दिल्ली प्रहरीले व्यापक धरपकड गर्दै सडकमै हजारौं समर्थकहरूलाई रोकेको थियो । त्यसक्रममा ७ हजार समर्थकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सीजेपीका तीन शीर्ष नेताहरू अभिजीत दीपके, सौरव दास र आशुतोष रांका अझै पनि प्रहरी हिरासतमा छन् ।

उनीहरुलाई हिजो दिल्ली विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो ।

सीजेपीका संगठन इन्चार्ज अजिंक्य शिन्देले दिल्ली प्रहरी आयुक्तलाई पत्र लेखी तीन नेताहरूको तत्काल रिहाइ, उनीहरूको अवस्था, कहाँ राखिएको छ भन्ने जानकारी र आफ्ना वकिलहरूसँग भेटघाट गर्ने अनुमति माग गरेका छन् ।

सीजेपी प्रमुख दीपकेको अनुपस्थितिमा अजिंक्यले नै दिल्ली आन्दोलनको नेतृत्व गरिरहेका छन् ।