२८ आश्विन २०८३, बुधबार

पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, कस्तो रहला आज दिनभरको मौसम ?

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशमा साधारणतया बदली (आंशिकदेखि साधारणतया बादल) रहेको छ भने बाँकी भू–भागमा आंशिक बदली रहेको छ । कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने तथा तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थान तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ ।

राति भने देशको हिमाली र पहाडी भू–भागमा आंशिक बदली रहने तथा तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र कर्णाली प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा वा हिमपातको सम्भावना छ । साथै, तराईका केही भू–भागमा बिहानपख हुस्सु लाग्ने सम्भावना छ ।