२८ आश्विन २०८३, बुधबार

काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर । कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गरेका हुन् ।

प्रदेश सरकार (मन्त्रिपरिषद्)को असोज २४ गतेको सिफारिसमा प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेश प्रमुखको कार्यालयले शनिबार विज्ञप्ति जारी गर्दै अधिवेशन अन्त्य भएको जानकारी दिएको हो ।