२८ आश्विन २०८३, बुधबार

एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनित

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठकले १३ जनालाई केन्द्रीय कमिटीमा मनोनित गरेको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले सिर्जना राई (भोजपुर), सावित्रा अर्याल (रुपन्देही), इन्दु कडरिया विष्ट (कञ्जनपुर), सीता पंगेनी (नवलपुर), सीता अधिकारी (पाल्पा), डा. पुष्पा केसी भण्डारी (कास्की), धर्मनाथप्रसाद साह (सिराहा), तेजमान कन्दङवा (तेह्रथुम), टंक आङ्वोहाङ (ताप्लेजुङ), नविन रोक्का (रोल्पा), मीनप्रसाद गुरुङ (स्याङ्जा), डवल पाण्डे (दोलखा) र तेजेन्द्र केसी (रुपन्देही)लाई केन्द्रीय कमिटीमा मनोनित गरेको सचिव महेश बस्नेतले जानकारी दिए ।