२८ आश्विन २०८३, बुधबार

एमाले स्थायी कमिटीको तेस्रो दिनको बैठक सुरु (तस्वीरहरु)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटीको तेस्रो दिनको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ ।

आजको बैठक केहीबेरअघिबाट सुरु भएको हो ।

गत बिहीबारदेखि सुरु भएको बैठकमा आज पार्टीका विभाग, सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिस्ट मञ्च, पोलिटब्युरो र स्थायी कमिटीलाई पूर्णता दिने तथा बाँकी केन्द्रीय सदस्य मनोनयन गर्ने विषयमा छलफल हुने बताइएको छ ।

बिहीबार बसेको पहिलो दिनको बैठकले राष्ट्रिय भेला, वडा तथा पालिका अधिवेशन, रिक्त जिल्ला अध्यक्ष पदपूर्ति र मधेश प्रदेश सभाको समानुपातिकतर्फ रिक्त सांसद पदमा उम्मेदवार सिफारिस गर्ने लगायत निर्णय गरेको थियो ।