२८ आश्विन २०८३, बुधबार

तोरीको तेलपछि रिलायबल नेपाल एग्रोको ‘झुरुम झुरुम चिउरा’ बजारमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रिलायबल नेपाल एग्रो लिमिटेडले ‘स्वास्थ्य श्री झुरुम झुरुम चिउरा’ बजारमा ल्याएको छ ।

नेपालीको परम्परागत खानपानको अभिन्न हिस्सा रहेको चिउरालाई गुणस्तरीय उत्पादन र आधुनिक प्याकेजिङमार्फत उपभोक्तामाझ पुर्‍याउने उद्देश्यले कम्पनीले नयाँ उत्पादन बजारमा ल्याएको हो ।

कम्पनीले यसअघि ‘स्वास्थ्य श्री प्रिमियम फर्स्ट प्रेस्ड तोरीको तेल’ बजारमा ल्याएको थियो ।

तोरीको तेलपछि चिउरालाई आफ्नो उत्पादनका रूपमा अघि सारेको कम्पनीले ‘स्वास्थ्य श्री’ ब्रान्डअन्तर्गत खाद्य सामग्रीको दायरा विस्तार गर्दै लगेको हो ।

बिहानको खाजा, दहीचिउरा तथा मासुचिउरा लगायत विभिन्न परिकारमा प्रयोग हुने चिउरालाई मौलिक स्वाद र बनावटसहित उपभोक्तासम्म पुर्‍याउने लक्ष्य कम्पनीले लिएको छ ।

बीमा, बैंकिङ तथा व्यावसायिक क्षेत्रमा अनुभवी व्यक्तित्वहरूको लगानीमा स्थापित रिलायबल नेपाल एग्रोले चितवनको खैरहनीमा आधुनिक प्रविधिसहितको उत्पादन प्लान्ट सञ्चालन गर्दै आएको छ । कम्पनीले स्थानीय कृषि उपजको प्रवर्द्धन, कृषकका उत्पादनको बजारीकरण तथा गुणस्तरीय खाद्य सामग्रीको उत्पादनलाई प्राथमिकता दिएको जनाएको छ ।

‘स्वास्थ्य श्री झुरुम झुरुम चिउरा’ काठमाडौं उपत्यकासहित चितवन, पोखरा, धनगढी, गोरखा लगायत देशका विभिन्न स्थानका डिपार्टमेन्ट स्टोर, मार्ट, किराना तथा खाद्यान्न पसलमा उपलब्ध हुने कम्पनीले जनाएको छ । बिग मार्ट, भाटभटेनी, मेट्रो मार्ट, केके मार्ट, ब्लु मुन डिपार्टमेन्ट स्टोर र अल्फाज मार्ट लगायतका बिक्री केन्द्रबाट पनि उत्पादन खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

‘गुणस्तरमा विश्वास, परिवारमा स्वास्थ्य’ भन्ने अवधारणासहित अघि बढिरहेको कम्पनीले ‘स्वास्थ्य श्री’ ब्रान्डअन्तर्गत आगामी दिनमा थप खाद्य उत्पादन बजारमा ल्याउने योजना बनाएको जनाएको छ ।