काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यका उमेदवार विनिता खड्का महाधिवेशनस्थलबाटै पक्राउ परेकी छन् ।
उनी कांग्रेसको खुला महिलातर्फ केन्द्रीय सदस्य पदकी उम्मेदवार हुन् । उनी शुक्रबार भोट माग्दामाग्दै समातिएकी हुन् ।
खड्कालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले नियन्त्रणमा लिएको हो । ठगी प्रकरणमा खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इजरायल पठाउने नाममा भएको भनिएको ठगी प्रकरणमा उनी पक्राउ परेकी हुन् ।











प्रतिक्रिया