२८ आश्विन २०८३, बुधबार

कांग्रेस महाधिवेशन : मतदानस्थलमा चहलपहल, अहिलेसम्म कति भोट खस्यो ?

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको १५  औं महाधिवेशनअन्तर्गत मतदानस्थलमा प्रतिनिधिहरूको चहलपहल बढेको छ ।

पार्टीको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा सहभागी हुन प्रतिनिधिहरू मतदानस्थलमा पुगेका छन् ।

मतदानस्थलमा प्रतिनिधिहरूको उपस्थिति बढेसँगै चुनावी माहोल थप सक्रिय बनेको छ ।

प्रतिनिधिहरू लामबद्ध भएर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन् ।

मतदानस्थलमा उम्मेदवारका समर्थक तथा प्रतिनिधिहरूको आवतजावतले पनि चहलपहल बढाएको छ ।

बिहान ८:३० देखि १०:३० सम्म दुई घण्टामा १ हजार २९३ मत खसेको छ ।

कोशी : २२२

सुदूरपश्चिम र कर्णाली : २५७

लुम्बिनी : २०२

गण्डकी : १८८

बागमती : २१७