२८ आश्विन २०८३, बुधबार

शिक्षामन्त्री पोखरेलविरुद्ध त्रिविमा विद्यार्थीको प्रदर्शन, लगाए ‘नेपोबेबी मुर्दावाद’को नारा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेलविरुद्ध त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

बिहीबार त्रिभुवन विश्वविद्यालयको वार्षिक दिवसको बैठकमा अध्यक्षता गर्न पुगेका मन्त्री पोखरेलविरुद्ध विद्यार्थीहरूले नाराबाजी गरेका हुन् ।

प्रदर्शनका क्रममा विद्यार्थीहरूले ‘नेपोबेबी मुर्दावाद’, ‘राजनीतिक भागबण्डा बन्द गर’ लगायतका नारा लगाएका थिए ।

विद्यार्थीहरूले त्रिविमा राजनीतिक भागबण्डाको विरोध गर्दै प्रदर्शन गरेको बताइएको छ ।

प्रदर्शनमा उत्रिएका केही विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।