काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि नोबेल शान्ति पुरस्कार आफूले पाउनुपर्ने दाबी गरेका छन् । उनले आफूले आठवटा युद्ध अन्त्य गराएको र आफूभन्दा अघि कुनै राष्ट्रपतिले नगरेका काम गरेकाले पुरस्कार आफूले पाउनुपर्ने बताए ।
ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफ्नो ठूलो योगदानका बाबजुद आफूलाई पुरस्कार नदिइए नोबेल शान्ति पुरस्कार समितिको प्रतिष्ठामाथि प्रश्न उठ्ने बताए ।
नोबेल शान्ति पुरस्कारको घोषणा शुक्रबार नर्वेजियन नोबेल समितिले गर्दैछ ।
ट्रम्पले सन् २००९ मा पूर्वराष्ट्रपति बराक ओबामालाई दिइएको नोबेल शान्ति पुरस्कारमाथि पनि प्रश्न उठाए । उनले ओबामाले के उपलब्धिका लागि पुरस्कार पाए भन्ने आफूले अहिलेसम्म नबुझेको बताए ।
उनले गत वर्षकी नोबेल शान्ति पुरस्कार विजेता भेनेजुएलाकी मारिया कोरिना मचाडोले पनि आफूलाई पुरस्कारको योग्य व्यक्ति भनेको दाबी गरे ।











प्रतिक्रिया