२८ आश्विन २०८३, बुधबार

२४ घण्टामा ६३० जना ट्राफिक प्रहरीको कारबाहीमा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३० वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ७०, सिसिटिभिमार्फत २७, रातोबक्तीमा १८ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्र गतिमा ७६, हर्न निषेधमा ११, लेन त्रसमा १३, अवस्था ठिक नभएको ९, एकतर्फीमा ९ र अन्यमा ३९६ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।