२८ आश्विन २०८३, बुधबार

लालबन्दीको किराना पसलबाट १० लाख चोरी, आरोपी काठमाडौंबाट पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही । सर्लाहीको लालबन्दीस्थित एक किराना पसलबाट १० लाख रुपैयाँ नगद चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई काठमाडौंको कोटेश्वरबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–१४ घर भई हाल काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्दै आएका ३६ वर्षीय हिरालाल ब्लोन रहेका छन् ।

लालबन्दी नगरपालिका–७ स्थित पसलमा राखिएको नगद चोरी गरी फरार भएका ब्लोन काठमाडौंमा लुकिछिपी बसिरहेको विशेष सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका ब्लोनलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।