काठमाडौं । नेपालीहरूको सबैभन्दा ठूलो चाडपर्वको मौसम सुरु भएसँगै बजारमा किनमेलको चहलपहल बढेको छ । दशैं, तिहार हुँदै छठसम्म चल्ने यही उत्सवको माहोललाई अझ विशेष बनाउन देशकै ठूलो सुपरमार्केट भाटभटेनी र नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकहरूका लागि आकर्षक योजना सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार योजनाअन्तर्गत भाटभटेनीका देशभर रहेका कुनै पनि स्टोरबाट एकपटकमा २,५०० रुपैयाँ वा सोभन्दा बढीको सामान खरिद गर्ने ग्राहक लक्की ड्रमा सहभागी हुन सक्नेछन् । खरिदका क्रममा प्राप्त बिलका आधारमा ग्राहकको नाम योजनामा दर्ता हुनेछ र योजनाको अन्त्यमा लक्की ड्रमार्फत एक जना भाग्यशाली विजेता छनोट गरी नयाँ टाटा पन्च इभी उपहार प्रदान गरिनेछ । साथै, भाटभटेनीबाट सामान किन्दा नेपाल पेबाट क्यूआर गरी सामानको मूल्य तिर्दा पनि एक जना भाग्यशाली ग्राहकले अर्को नयाँ टाटाको पन्च इभी कार जित्नसक्ने भाटभटेनीले बताएको छ ।
यो चाडपर्वमा भाटभटेनीमा सपिङ गर्दा ग्राहकहरुले २ नयाँ टाटा पन्च इभी जित्न सक्नेछन् ।
नयाँ पन्च इभी नयाँ पुस्ताको इलेक्ट्रिक एसयुभी
यस योजनाको सबैभन्दा ठूलो आकर्षण बनेको नयाँ टाटा पन्च इभी अहिलेको बदलिँदो नेपाली ग्राहकको आवश्यकता र जीवनशैलीलाई ध्यानमा राखेर तयार गरिएको आधुनिक इलेक्ट्रिक एसयुभी हो । नयाँ पन्च इभीमा विद्युतीय ड्राइभिङको सहजतासँगै प्रविधि, सुरक्षा, आराम र कनेक्टिभिटीलाई विशेष प्राथमिकता दिइएको छ ।
अत्याधुनिक ‘एक्टि इभी’ प्लेटफर्ममा आधारित नयाँ पञ्च इभीमा ३२ पध्ज र ४० पध्ज क्षमताका दुई ब्याट्री विकल्पमा उपलब्ध छन्, जसले नेपालको बाटोमा गरिएको परीक्षण अनुसार एकपटकको फुल चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यस मोडलमा १९५ एमएमको उच्च ग्राउन्ड क्लियरेन्स, बीएनसीएपी ५–स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, १.५सी डिसी फास्ट चार्जिङ, भ्वाइस एक्टिभेटेड सनरुफ, २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेस समावेश गरिएको छ ।
टाटा मोटर्स नेपालमा रहेको २० वटा शोरुमसँगै अब नेपालभरीको २८ वटा भाटभटेनीमा पनि टाटा कारको जानकारी लिन सकिनेछ । यसको साथै यो चाडपर्वको बेलामा भाटभटेनीमा सपिङ्ग गर्ने टाटा कारको ग्राहकहरुले थुप्रै सरप्राइज समेत पाउने कम्पनीले जनाएको छ ।











प्रतिक्रिया