२८ आश्विन २०८३, बुधबार

महालक्ष्मी विकास बैंकले ल्यायो ‘महालक्ष्मी महा सोमबार’ योजना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । महालक्ष्मी विकास बैंकले डिजिटल कारोबार प्रवर्द्धन गर्न, ग्राहक सुविधा अभिवृद्धि गर्न तथा सुरक्षित र नगदरहित बैंकिङ कारोबारलाई बढावा दिन ‘महालक्ष्मी महा सोमबार’ योजना ल्याएको छ ।

यस योजनाअन्तर्गत महालक्ष्मी विकास बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरुले हरेक सोमबार दराजमार्फत अनलाइन सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका डेबिट कार्ड लिएका ग्राहकहरुले दराज नेपालमार्फत न्यूनत्तम १९९९ रुपैयाँ बराबरको सामान खरिद गर्दा १० प्रतिशत वा अधिकत्तम ७५० रुपैयाँ छुट प्राप्त गर्नेछन् भने क्रेडिट कार्ड लिएका ग्राहकहरुले न्यूनत्तम १९९९ रुपैयाँ बराबरको सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकत्तम १००० रुपैयाँ छुट प्राप्त गर्नेछन् ।

बैंकका अनुसार यो योजना हरेक सोमबार मात्र लागू हुनेछ भने सीमित संख्यामा तथा पहिले आउनेलाई प्राथमिकताका आधारमा छुट उपलब्ध हुने भएकाले ग्राहकहरुले हरेक सोमबार समयमै यस योजनाको लाभ लिन सक्नेछन् । यस प्रकारका योजनामार्फत बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल भुक्तानी तथा कार्डमार्फत हुने कारोबारमा थप प्रोत्साहित गर्दै आधुनिक बैंकिङ सेवाको प्रयोग विस्तार गर्नुका साथै ग्राहकहरुलाई दैनिक कारोबारमा थप सुविधा, बचत तथा मुल्य अभिवृद्धि प्रदान गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले हालै मात्र काठमाडौंको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ ।