काठमाडौं । हालैको फ्लाई दुबई घटनामा विमानमा ओमानी सह–पाइलट हमाम अल–हमामी एक्लैले विमान दुर्घटना गराउने षड्यन्त्र गरेको दाबी सार्वजनिक भएको छ ।
इटालीको अखबार कोरीएरे डेला सेरा को रिपोर्टअनुसार दुबईबाट इजरायलका लागि उडेको विमानमा हमामीले ककपिटमा प्रार्थना गरेको नाटक गर्दै भारतीय क्याप्टेन स्मित मच्छरमाथि क्र्यास एक्स (आपत्कालीन अवस्थामा प्रयोग गरिने बन्चरो)ले आक्रमण गरेका थिए ।
उनको कथित योजना क्याप्टेनलाई मारेर विमानलाई तेल अभिभको अग्लो भवनमा ठोक्काउने रहेको रिपोर्टमा उल्लेख छ।
पहिलो प्रयास असफल भएपछि उनले विमानलाई मरुभूमिमा दुर्घटना गराउने प्रयास गरेको रिपोर्टमा दाबी छ ।
यस्तै, त्यस क्रममा अटोपाइलट बन्द गराएपछि विमान तीव्र गतिमा तल झर्न थालेको र उनले दुवै इन्जिन बन्द गर्ने प्रयास समेत गरेको अनुसन्धानकर्ताहरूको आशंका रहेको रिपोर्टमा उल्लेख छ ।
बन्चरोको प्रहारबाट क्याप्टेन स्मितको टाउको र हातमा गहिरो चोट लागेको थियो ।
गम्भीर घाइते भए पनि उनले ककपिटको ढोका खोल्न सफल भएका थिए ।
त्यसपछि ककपिटबाहिर रहेका दुई अतिरिक्त पाइलट र केही यात्रुले हमामीलाई नियन्त्रणमा लिएका थिए । उनीहरूको हस्तक्षेपपछि विमान दुर्घटनाबाट जोगिएको रिपोर्टमा उल्लेख छ ।











प्रतिक्रिया