काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटी बैठकबाट मनोनित केन्द्रीय कमिटी सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आज हुँदैछ ।
पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसो ३ बजे आयोजना हुने कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले मनोनित केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।
हालै सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले केन्द्रीय कमिटीमा ३३ जना सदस्य मनोनित गरेको थियो ।











प्रतिक्रिया