२८ आश्विन २०८३, बुधबार

प्रधानमन्त्रीलाई काँग्रेसको चेतावनी- परम्परा भत्काउँछु भन्दा त्यसकै वेगले उडाउला, हेक्का राख्नुस् (पूर्णपाठ)

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली काँग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहले संसदीय परम्परा तोडेकोमा आपत्ति जनाएको छ ।

आजको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै संसदीय दलका नेता भीष्म आङ्देम्बेले लोकतन्त्रको नियम सबैका लागि लागु हुनुपर्ने बताएका हुन् । उनले परम्परा भत्काउँछु भन्दा त्यसकै वेगले उडाउनेमा सचेत रहन आग्रह गरे ।

उनले भने, ‘संसदलाई जानकारी दिएर महासभामा उपस्थित हुनु भनेको परम्परा मात्रै होइन, आफूले उठाउने विषयवस्तुहरुको संसदीय वैद्यता पनि हो । यसले प्रधानमन्त्रीलाई नै थप बलियो बनाउँछ । यसरी नै संसदीय जवाफदेहिता र अन्तर्राष्ट्रिय कूटनीतिक जिम्मेवारीबीच सन्तुलन कायम गरिन्छ । तर, दुर्भाग्य, संसदलाई तपाईंले जानकारी त दिनुभएन नै, संयुक्त राष्ट्रसंघ महासभामा भाग लिएर फर्किएपछि संसदलाई जानकारी गराउनु हुन्छ भन्ने लागेको थियो, त्यो पनि भएन । सबै परम्परा भत्काउँछु भन्दा कुनै दिन तपाईलाई त्यसकै कुनै वेगले उडाउला, हेक्का राख्नुस्,’।

पूर्णपाठ–