२८ आश्विन २०८३, बुधबार

पाँच देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालका लागि नवनियुक्त पाँच देशका आवासीय राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।

बुधबार शितल निवासमा फ्रान्सका राजदूत फ्रान्स्वाज पुइग–इन्जा र गणतन्त्र कोरियाका राजदूत पार्क जे–क्युङले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।

त्यस्तै, थाइल्याण्डका राजदूत डोनाविट पूल्सावत, संघीय गणतन्त्र ब्राजिलका राजदूत क्लाउडियो राजा गाबाग्लिया लिन्स र इस्लामिक गणतन्त्र पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले पनि राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।