२८ आश्विन २०८३, बुधबार

दुर्गा प्रसाईँलाई थुनामा राख्नुको कारण पेश गर्न सर्वोच्च अदालतको आदेश

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सर्वोच्च अदालतले नागरिक बचाउ महाअभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामा राख्नुको कारण माग गरेको छ ।

प्रसाईँले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा बुधबार सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरो भोटाहिटी, काठमाडौंसमेतका विपक्षी निकायसँग लिखित कारण पेस गर्न आदेश दिएको हो ।

काठमाडौं अदालतले प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न सोमबार प्रहरीलाई अनुमति दिएको थियो ।

साइबर ब्युरोको टोलीले प्रसाईंलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो । रास्वपा सांसद रचना खतिवडाको उजुरीकै आधारमा प्रसाई पक्राउ परेका हुन् ।

खतिवडा जेनजी सहिद रसिक खतिवडाकी आमा हुन् । प्रसाईले ‘छोराको लाससँग साटेर सांसद बनेको’ आरोप लगाएका थिए ।