२८ आश्विन २०८३, बुधबार

महाकालीको बाढीले दोधारा चाँदनी झोलुङ्गे पुल भत्कायो, आवतजावत ठप्प

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर  । कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्तनगर जोड्ने झोलुङ्गे पुल चुडिएको छ ।

महाकाली नदीको बाढीले बुधबार बिहान झोलुङ्गे पुलको बीचको भाग भत्काएपछि आवतजावत ठप्प भएको हो ।

नदीको बीच भागमा रहेको एक पिलर भत्किएपछि पुलको भाग नदीमा बगेको प्रहरीले जनाएको छ ।

नेपालको सबैभन्दा लामो झोलुङ्गे पुलमध्ये एक मानिने यो पुल एसियाकै दोस्रो लामो झोलुङ्गे पुलका रूपमा समेत चिनिन्छ । यसको लम्बाइ १ हजार ४५२.९६ मिटर र चौडाइ १.६ मिटर रहेको छ ।